सर्वोच्चको आदेशविरुद्ध सडकमा अवरोध
गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । काठमाडौं उपत्यका नदी किनार करिडोर पीडित संघर्ष समितिले गोकर्णेश्वर नगरपालिका–७, माकलवारीस्थित बागमती करिडोर छेउमा विरोध प्रदर्शन गरेको छ ।
झण्डै एक दर्जन प्रदर्शनकारीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको सडक बन्द गराएका छन् । उनीहरुले टायर र ढुङ्गा राखेर सडक अवरुद्ध पारेका हुन् । सर्वोच्च अदालतले नदी तथा खोलाका दायाँ–बायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएपछि त्यहाँका स्थानीय आन्दोलित भएका…