सभामुखको भूमिकामाथि माओवादीले उठायो प्रश्न, अवरुद्धको निर्णय यथावत
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । माओवादी जनयुद्धलाई हिँसा भनिएकोप्रति आपत्ति जनाउँदै आएका माओवादी नेताहरुले यसमा सभामुख निष्पक्ष हुन नसकेको बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा सशस्त्र विद्रोहलाई ‘माओवादी हिँसा’को संज्ञा दिएका थिए । संसदबाटै त्यसको प्रतिवाद गरेका माओवादी सांसदले रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेका…