समाचार

स्वीट्जरल्याण्डका राजदूत जंगी अड्डामा

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । प्रधान सेनापति शर्मा र राजदूत एलिजावेथ भोन क्यापेलरबीच सेनाको मुख्यालय भद्रकालीमा आज भेटवार्ता भएको हो । उहाँहरुबीच दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ 

Page 1067 of 1293