स्त्रीरोग एक्स्पर्टलाई ओखती भण्डार
– यदुनाथ बञ्जारा
धौलागिरि अस्पताल बागलुङमा कार्यरत ११ औं तहकी अब्स गाइने विशेषज्ञ डा. रेखा पौडेललाई पोस्टिङ भएको ५ महिना नपुग्दै गण्डकी प्रदेश सरकारले पोखरा तानेर प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको हाकिम (महानिर्देशक) बनाएको छ ।
पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २ गते निर्णय गरी अर्को व्यवस्था नभएसम्मलाई सरुवा गरेको हो ।
धौलागिरी अस्पतालमा स्त्री तथा प्रसूति रोगसम्बन्धी नवौँ तहका २ जना पुरुष चिकित्सक कार्यरत भए पनि महिलाका समस्यामा मह…