वर्षौं जेलमा बिताएपछि निर्दोष ठहर, क्षतिपूर्तिमा भौंतारिए रामकुमार
कानुनमा एउटा चर्चित र अर्थपूर्ण भनाइ छ, ‘दोषी नउम्किउन्, निर्दोष नफसून् ।’ यसको अर्थ अपराध गर्नेहरु कानुनको हातबाट बाहिर नजाउन् र निर्दोषले सजाय नपाउन् भन्ने हो । तर, राजनीतिक पहुँच र पैसाको अगाडि न्याय झुक्दा निर्दोषहरु फसिरहेका छन् । अदालत र प्रहरी प्रशासनले कसरी सर्वसाधारण नागरिकको जिन्दगी बर्बाद बनाइरहेको छ ? त्यसको एउटा श्रृङ्खला हो यो ।
कीर्तिपुरका रामकुमार कार्कीले अनाहकमा आफ्नो जिन्दगीको सात वर्ष जेलमा पूरा बिताउनुपरेको छ । दोषी ठहर गरेर जेल पठाइएका उन…