‘सबै यौन सम्पर्क बलात्कार होइनन्’
गत साताको शुक्रबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले जबर्जस्ती करणीसम्बन्धी कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिशोधपूर्ण रूपमा व्यक्तिलाई फसाउन जबर्जस्ती करणीको मुद्दा लगाउने गरिएको भन्दै यस्तो कानुन तत्काल संशोधन गर्नुपर्ने तिनको माग थियो ।
बैठकमा एमाले सांसद प्रतीक्षा तिवारीले जबर्जस्ती करणीको मुद्दालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताएकी थिइन्, ‘जबर्जस्ती करणीका मुद्दालाई हेर्ने तरिका फरक हुनुपर्छ । उखानै छ, मिल्दाखेरि…