कोही नहार्ने व्यवस्था
यो धेरै अगाडिको कुरा हो । सायद ०४६ सालको आन्दोलन सफल भएपछिको कुरा हुनुपर्छ । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो– प्रजातन्त्रमा कोही पनि हार्दैन । प्रजातन्त्रमा हार भन्ने कुरै हुुँदैन ।
यसमा सबै जित्छ । सबै जित्ने प्रणाली भनेकै प्रजातान्त्रिक प्रणाली हो । संसदमा यो राष्ट्रियसभा भन्ने सदन बनाएकै सायद यही कारणले हुनुपर्छ । किनभने प्रजातन्त्र भनेकै यस्तो प्रणाली हो जहाँ कोही पनि हार्दैन । हारे पनि हार्ने उम्मेदवार सांसद हुन पाउँछ । जित्ने उम्मेदवारले त…