समाचार

परालको कुन्युँ दनदनी, आगो निभाउन दुई वटा दमकल

मोरङ्गमा परालको कुन्युँमा आगो लागेको छ । मिक्लाजुङ गाउँपालिका ९, मनकामना टोल निवासी टिकाराम दाहालको परालको कुन्युँमा हिजो बेलुकी अकस्मात आगलागी भएको हो ।  आगलागीपछि पराल सबै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय मधुमल्ला, स्थानीयबासी र उर्लाबारी दमक नगरपालिकाबाट आएको दुई वटा दमकलले दुई घन्टा लगाएर आगो नियन्त्रणमा लिएको बताइएको छ ।

Page 1099 of 1293