कारागार बाहिर सन्दीप लामिछानेलाई हेर्नेको घुइँचो
उमेर नपुगेकी किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशमा उनी २० लाख रुपैयाँ धरौटी बुझाएर भर्खरै रिहा भएका हुन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश उल्ट्याउँदै उच्चले हिजो शर्तसहित सन्दीपलाई रिहाई गर्न आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गराउन आज केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर उच्च अदालत पाटन हरिहरभवन लगिएको हो । त्यहाँ उनले २० लाख…