समाचार

दोहा विश्वकपमा पाँच तारे पानीजहाजको चर्चा

कतारको राजधानी दोहामा भोलिदेखि विश्वकप शुरु हुँदैछ । समुद्रमा तैरिरहेको उक्त जहाज हिजो मात्रै कतार नजिकैको समुद्रमा आइपुगेको हो ।  विश्वकपका धनी दर्शकले भरिएको उक्त पाँच तारे जहाजमा पाँच तारे होटलको सुविधा छ । २६३३ वटा सुविधा सम्पन्न कोठा भएको जहाजमा ६ हजारभन्दा बढी पाहुना अटाउने छन् ।  छ वटा स्विमिङ पुल, १३ वटा रेष्टुरेण्ट रहेको जहाजमा सबै खालका सुविधा पाइन्छ । दोहामा हुने खेल हेरेपछि ती दर्शक रात बिताउन उक्त जहाजको सुविधा सम्पन्न होटलमा जानेछन् ।

Page 1211 of 1278