समाचार

ललितपुर २ मा सूर्य अगाडि,लौरो सँगसँगै

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्मको मतपरिणामअनुसार सूर्य चिन्ह अगाडि देखिएको छ । ४ हजार ७८८ मत गणनापछि दिइएको जानकारीअनुसार सूर्य चिन्हका प्रेमबहादुर महर्जन १३ सय १७ मतका साथ अगाडि छन् भने लौरो चिन्हले १ हजार ९७ मत पाएको छ । सत्ता गठबन्धनको तर्फबाट कलम चिन्ह लिएका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८७७ मत प्राप्त गरेका छन् । घण्टी चिन्ह लिएका उम्मेदवारले ७९० र हलो चिन्हमा ६७६ मत गएको छ ।

Page 1208 of 1278