समाचार

जंगीमा छोटे ठेकेदार ठहरै

झट्ट देख्दा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनजस्तै आकर्षक देखिन्छ । तर, त्यसभित्रको दुःख देखोस् कसले ? जंगी अड्डा हातामा खडा भएको भव्य महलको अन्तर्कथा बाहिरबाट देखिनेभन्दा फरक छ । पाँच तला बनेर सञ्चालनमा पनि आइसक्यो । छैठौं तलामा अडिटोरियम हल बनाउने र छेउमै डेढ दुई सयलाई भव्य भोज दिन सकिने ब्यांक्वेट र हल बनाउने योजना छ । हेलिकप्टरलाई मैदानमा हैन, भवनकै माथिल्लो तलामा अवतरण गराउन मिल्ने गरी हेलिप्याड निर्माण गरिने डिजाइन पनि छ । यस्तो योजना शुरु भएको हो, ०७२ को महाभूकम्पपछि …