दुई चिनियाँ कम्पनी कालोसूचीमा
तोकिएको समयमा काम सम्पन्न नगर्ने दुई चिनियाँ कम्पनीसहित २१ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।
चिनियाँ कम्पनी सिनोमा हाय साङघाई इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेड र हेजिङ्ग कम्पनी लिमिटेड कालोसूचीमा परेका हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखेको हो ।
त्यस्तै, सिल्क मार्के प्रालि, ग्लोबलम्याटिक्स ट्रेडिङ प्रालि, बिध म्यानेजमेन्ट प्रालि लिमिटेड, सिल्क मा…