अब मध्यरातमा पनि फिल्म देखाउन पाइने
सेन्सरको विषयमा चलचित्र संघले विरोध जनाएपछि चलचित्र विकास बोर्ड आफ्नो निर्णयबाट पछि हटेको छ । विवादले उग्र रुप लिएपछि बोर्डले नियम नै परिवर्तन गरेर निर्णय उल्ट्याएको छ ।
बोर्डको हिजो बसेको बैठकले सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने प्रावधानमा संशोधन गरेर उक्त व्यवस्थालाई चार दिनमा झारेको छ । एक साताअघि नै चलचित्र जाँच (सेन्सर) सिफारिस लिने नियम परिवर्तन गरिएको बोर्डले जनाएको छ । योसँगै स्वदेशी तथा विदेशी चलचित्रले सेन्सरका लागि चार दिन अघि सिफारिस दिनुपर्ने भएको …