कुख्यात अपराधी अब कमरेड
७ हत्या, २ अपहरण तथा दर्जनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तातेको छ । विषय हो ३ पुसको । मायादेवी २ अभिराव बस्तीमा आयोजित थियो मुस्लिम कवि सम्मेलन र मुसायरा कार्यक्रम । प्रमुख अतिथि थिए कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) र सुरक्षा व्यवस्थामा सिडिओ अर्जुन पोखरेल । विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा सहभागीहरू तब चकित बने जब बोलाइयो नसिम खाँ (बादशाह) लाई । उनीमाथि वैशाख १३ गते सोही स्थानका वडाध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोराक…