इशारा इशारामै अख्तियार
ईशाराले बोलेबापत एकजना कर्मचारी अहिले अख्तियारको फन्दामा परेका छन् ।
वैशाखको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित चार विदेशीमध्ये दुईले फल्स बटममा हालेर ल्याउँदा ती सुन ईशारा गरेर सोफाको बीचमा फ्याँक्न लगाउने भन्सार कर्मचारीविरुद्ध डोमा शेर्पाले अख्तियार गुहारेकी छन् । उनी भन्सार कार्यालयकी कार्यालय सहयोगी हुन् । दिउँसो १२ः५० बजे थाई एयरलाइन्सबाट ओर्लिएकी ४५ वर्षीया कम्बोडियन महिला थिएवी युवाई र भियतनामकी ६९ वर्षीया भोथी नुवोईबाट प्रहरीले सुन बरामद गरे…