लफडा एनआइसीमा, रोइलो राष्ट्र बैंकमा
आक्रामक बजार विस्तारमा होमिएको एनआइसी एसिया बैंकको चुरीफुरीले सबै बैंकलाई अचम्भित तुल्याएको छ । सबैको बजार यही हो, ऋणी र निक्षेपकर्ता पनि नेपाली नै हुन् तर एनआइसी एसियाको पारा अलिक अविश्वसनीय देखिन्थ्यो । जे गरे पनि राष्ट्र बैंकका उच्च अधिकारीले आँखा चिम्लिदिएपछि उक्त बैंकका हर्ताकर्ताको पनि महादेवको तीन नेत्रले फरक काम गर्न थाल्यो ।
स्रोतका अनुसार बैंकले वर्षौंदेखि केन्द्रीय बैंकले निर्देशित गरेको कृषिलगायत विपन्न क्षेत्रमा लगानी गर्नुपर्ने करोडौं रकमलाई आफ्नो दुनो सोझ्याउने …