सालीले नै सिध्याइदिएपछि
एउटा सत्य यही हो कि, नेपालका कर्मचारीको तलबबाट गुजारा चल्दैन । त्यसैले दायाँ–बायाँका आम्दानीमा आँखा लगाइन्छ । अर्को सत्य के पनि हो भने, उताका आम्दानीमा डुल्दाडुल्दै कतिपयले यति सम्पत्ति थुपार्छन् कि, राख्ने ठाउँ नभएर आफन्तलाई लुकाउन दिने, मिटर व्याजी खोजेर तह लगाउने । तर, चाहिएका बेला बेइमानीमा पर्ने । उजुर–बाजुरमा जाऔँ, स्रोतको खोजी हुने, नजाऔँ, आफ्नो सम्पत्तिमा अर्कैले मस्ती मार्ने !
विकराल बन्दै गएको समस्या हो यो । राजा महेन्द्रले ०२१ सालमा भूमिसुधार लगाएपछि ध…