समाचार

भाटभटेनीले भन्यो- प्रेमप्रसादको पैसा दिइसक्यौं

भाटभटेनी सुपरमार्केटले इलाम सूर्योदय ११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई दिन बाँकी रकम समयमै भुक्तानी गरिसकेको स्पष्ट पारेको छ । कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको रकम दिइसकिएको भुक्तानी समयमा जनाइएको छ । प्रेमप्रसादले भाटभटेनीलगायतलाई दोषी देखाउँदै फेसबुकमा स्ट्याटस लेखेर अस्ति बानेश्वरमा आत्मदाह गरेका थिए ।

Page 1089 of 1293