लगानी बोर्डमा सुशील ज्ञवाली र धरहरा सञ्चालन गर्ने क्याबिनेट निर्णय
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । आज रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओमा नियुक्त गरेको बताइएको छ ।
आवेदकहरु ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवमध्ये छानिएका तीन जनाबाट उनलाई क्याबिनेटले निर्णय गरेको हो । ज्ञवालीको सट्टा चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सुशिल भट्टलाई नियुक्त गरेको थियो ।
आजको क्याबिनेटले आगामी संविधान दिवसका दिनदेखि…