समाचार

इजरायल बस्ने राजदूतलाई साइप्रसको जिम्मा

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा कान्ता रिजाललाई नियुक्त गर्नुभएको छ । इजरायलको आवासीय राजदूत रहेकी रिजाललाई साइप्रससमेत हेर्ने गरी आज नियुक्त गरिएको हो ।  ‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Page 1159 of 1278