समाचार

​चुनाव सर्ने देखियो नि चान्स ?

देउवा सरकारले चुनाव सार्ने पटक पटकको प्रयास अदालतको असहयोगपछि राष्ट्रिय सभामा आफ्नो उपस्थिति शून्य हुनबाट रोक्न अध्यादेशमार्फत् स्थानीय तहका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्षलाई प्राप्त विशेष अधिकार कटौती गरेको छ । एकल संक्रमणीय मतदान प्रणालीद्वारा राष्ट्रियसभा गठन गरेर कम्तिमा पनि सात प्रदेशबाट १४ सिट आफ्नो भागमा सुरक्षित राख्ने उद्देश्यले यस्तो अध्यादेश जारी गराइएको स्रोतको दाबी छ । स्मरण रहोस्, संसद विघटनको संघारमा रहेको बेला पटकपटक संसदीय छलफल र निर्णयार्थ पेश गर्ने सू…