मान्छे समात्ने, पत्रकार बटुल्ने ?
आजकल न्यायाधीश र सरकारी वकिलसँग प्रहरीको भनाभनदेखि औँलो ठड्याउनेसम्मका घटना देखिने गरेका छन्, कार्यशैली नमिल्दा । कानुनले भनेबमोजिम प्रहरीले नगर्ने, अदालत देखाउँदै पीडितहरु प्रहरीको राज चलेको आरोपसहित उफ्रिने कारण यस्तो भएको हो ।
अबको जमाना पीडितमैत्री कानुनी व्यवस्थाको मात्रै रहेन । पीडक नै भए पनि उसका निश्चित अधिकारहरु सुनिश्चित हुनुपर्ने प्रावधान छ । तर, प्रहरीले कुनै सामान्य कसुरदारअन्तर्गत नियन्त्रणमा लिनासाथ ठूलै लडाइँ जितेजस्तो पीडकको फेहरिस्त छाराष्ट पार्ने गर्द…