जिबी राईको सम्पत्तिमा रोक लगाउनु पर्दैन ?
नेपालमा फौजदारी अपराधबारे खरो बोल्ने थोरै अधिवक्ता मध्येका हुन्् रवीन्द्र भट्टराई । पञ्चायतकालमा जति अपराधसम्बन्धी कानुनी स्पष्टता थियो, अहिले जेलाई पनि अपराधका नाममा ठोक्दिने प्रवृत्ति बढेकोप्रति असन्तुष्टि पोख्दै भन्छन्, ‘हामी बहुदल आएपछि पञ्चायतका कानुनलाई काला कानुन भन्थ्यौं, अहिले काला अक्षरमा लेखिएका कानुन पहिलेकाभन्दा अलि बढी काला छन् ।’ झण्डै तीन दशकदेखि कानुनी अभ्यास गरिरहेका उनी २० वर्षदेखि अध्यापनमासमेत उत्तिकै सक्रिय छन् । काठमाडौं स्कूल अफ ल र नेशनल ल कलेज…