समाचार

जंगली हात्तीले वृद्धको ज्यान लियो

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको ज्यान गएको छ । बराहक्षेत्र ५ सिमरबन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको बताइएको छ । जनजागृति सामुदायिक वनले खनेको पोखरी छेउमा घाँस काट्न गएका माझीलाई बिहान ११ बजेको समयमा हात्तीले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी खगेन्द्रबहादुर खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । बराहक्षेत्र नगरपालिका वडा नम्बर १, २, ३ ,५ र ७ मा झण्डै एक महिनादेखि दिनहुँ जंगली…

Page 1107 of 1293