चीन जोड्ने सडक हिउँले अवरुद्ध
लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्र हुम्लाको सिमकोट–हिल्सा सडक अवरुद्ध भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यस सडकको यारी–हिल्सा खण्ड बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडकमा यातायात सेवा बन्द भएको बताइन् । गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यस क्षेत्रको सडक बन्द हुँदै आएको थियो । तर, नाम्खा गाउँपालिकाले गत पुस १७ र १८ गते डोजर लगाएर हिउँ पन्छाए…