नेपालबाट डलर लैजान खोज्नेहरुमध्ये पाँच जनाको पासपोर्ट जफत
नेपालबाट डलर विदेश लैजान होटल सोल्टीमा व्यवसायीहरुले गरेको छलफलमा सहभागीमध्ये पाँच जनाको राहदानी जफत गरिएको छ । नेपाल राष्ट्र बैंकको सूचनाको बर्खिलाप हुनेगरी सोल्टी होटलमा युनाई अरब इमिरेट्सको दुबईमा डलर पर्याउने र त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा दुई दर्जन व्यवसायीहरुले कडा सुरक्षाबीच कार्यक्रम गरेपछि प्रहरीले पाँच जनाको राहदानी जफत गरेको छ ।
नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपति…