समाचार

जातेजाते जमिनको प्रशस्त जोगाड

आयल निगममा जस्तै अर्को एउटा निकायमा पनि जग्गा खरिदको ठूलो काण्ड छ तर सार्वजनिक भएको छैन । धेरैले त्यहाँ अनधिकृत मान्छेले कसरी सरकारी अड्डामा मनखुशी गरे भन्नेतिर ध्यान दिएका छैनन् । प्रसंग सुशील कोइरालालाई सुशील कोइरालाकै सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्दाको हो– २०७० साल साउन ६ गते । अनौठो कुरा के छ भने उनको म्याद सकिनुपर्ने हो, साउन ५ गते नै । तर त्यही बेला ५ दिनको काज मिलाएर उनी कोहल्पुर पुगेका थिए । जहाँ २० कठ्ठा जमिन किने संस्थानको नाममा ।…