समाचार

हल्ला गर्नेको कमी छैन हामीकहाँ

औपचारिक कार्यक्रम सकेर शीतलनिवास फर्कने क्रममा पानीपोखरीको उकालो जापानी दूतावासअगाडि पुग्दा राष्ट्रपति चढेको गाडीको डिकी आफैं भ्याट्ट खुल्यो । फागुन ७ को प्रजातन्त्र दिवसमा टुँडिखेल जाँदा राष्ट्रपति चढेको लिमोजिन कारले पिकअप नलिएर उनी त्यहाँ ११ मिनेट ढिलो पुगिन् । हिमालय होटलको एउटा कार्यक्रम सकेर गाडी चढ्न लाग्दा टायर पञ्चर थियो । त्यो बुलेटफ्रुफ कारलाई त्यत्तिकै थन्क्याएर अर्को प्रयोग गर्नुप¥यो । राष्ट्रपति चढ्ने मर्सिडिज कारको चालक बस्ने ठाउँमा रातो बत्ती बलिरहन्छ । यसको मतलब…