६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता
६१ किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरेको हो । २९ जनालाई प्रतिवादी बनाएर दायर भएको अभियोग पत्रमा ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ । प्रतिवादी बनाइएकामध्ये ३ जना फरार छन् ।
मोटरसाइकलको ब्रेक सुमा लुकाएर हङकङबाट कार्गो गरि नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको थिय…