काठमाडौँका मेयरले 'अचाक्ली' गरेको भन्दै राष्ट्रिय सभागृह घेराउ
काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा डोजर लगाएर घर टहरा भत्काएको बिरोधमा पीडित परिवारले आज राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् ।
गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै नेवार समितिका अध्यक्ष उमेश स्थापितको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराउनका लागि काठमाडौं महानगरपालिका नेवार समितिका अध्यक्ष स्थापितको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय सभागृह अगाडि भेला भएका छ…