सभामुखको चुनावमा ठुस्किएका सिके राउतले के गर्लान् ?
भोलि दिउँसो प्रतिनिधि सभाका सभामुखको चुनाव हुँदै छ । एमालेका तर्फबाट देवराज घिमिरे सभामुखको उम्मेदवार छन् । उनको पक्षमा सत्तामा रहेका सबै घटकको समर्थन रहेको भनिएको छ ।
सत्ता घटकमा रहेका भनिएका दलहरुको प्रतिनिधि सभामा १४५ जना सांसद छन् । जसमा एमालेका ७९,माओवादी केन्द्रका ३२,रास्वपाका २०, राप्रपाका १४ गरी १४५ जना भएकाले घिमिरेको पक्षमा भोलि हुने मतदानमा बहुमत पुग्ने निश्चित छ ।
त्यसैगरी सत्ता बाहिर रहेका दलहरुको सांसद संख्या १२४ देखिन्छ । जसमा नेपाली काँग्रेस ८८,…