नेपाल आएका श्रीलंकन मन्त्रीमाथि भिआइपीमा दुर्व्यवहार
मित्रराष्ट्र श्रीलंकाका एक बहालवाला मन्त्रीलाई त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा प्रवेश गर्न रोक लगाइएपछि यहाँस्थित श्रीलंकन दूतावासले आपत्ति जनाएको छ । पूर्वजानकारी दिँदासमेत आफ्ना मन्त्रीलाई विशिष्ट कक्षमा प्रवेश नदिएको भन्दै स्वागतका लागि विमानस्थलमा पुगेका दूतावासका कर्मचारीहरु रिसाएका हुन् ।
श्रीलंकाका वाणिज्य, आपूर्ति तथा कृषि मन्त्री कचाकादुगे नलिन फर्नान्डो दक्षिण एशियाली कृषि सम्मेलनमा भाग लिन श्रीलंकन एयरको विमानबाट आज दिउँसो साढे १२ बजे विमानस्थल ओर्लिएका थिए ।…