कठै न्यायालय, मुश्किल छ अझै
भदौ २४ गते अराजक आन्दोलनकारीले गरेको आगजनीमा सर्वोच्च अदालतको बिल्डिङ मात्रै जलेको ठान्नेहरू धेरै छन् । अझै पनि मजाकमा ‘ठीक गरियो’ भन्दै खरानीमा रमाउनेहरू पनि होलान् ।
सर्वोच्चसँगै जलेका फाइल, मिसिल, फैसला र ऐतिहासिक दस्तावेजको अगाडि भौतिक क्षति सामान्य लाग्न पनि सक्छ ।
प्रधानन्यायाधीश, न्यायाधीश, कर्मचारीलाई बस्ने च्याम्बर नहुँदा, कम्प्युटर र सफ्टवेयर प्रणालीमा क्षति पुग्दा साह्रै मुश्किल परेको अदालत स्रोत बताउँछ । अहिले एउटा ठूलो हलमा गोला तान्ने, बैठक गर्ने का…