आजकै दिन एउटा भूलको साह्रै महँगो मूल्य
आज पुस ५ अर्थात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेको दिन । झण्डै दुई तिहाइ मतको प्रतिनिधित्व गर्दै शक्तिशाली नेकपा अध्यक्षको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले पार्टीभित्रको अन्तरविरोधको सही ढंगले व्यवस्थापन गर्न नसक्नुको परिणाम थियो त्यो । त्यसको मूल्य नेपालको वाम आन्दोलनले आज पनि व्यहोरिरहेको छ ।
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै एकीकरणपछि नेकपा बनेको थियो । २०७४ सालको निर्वा…