समाचार

रक्षामन्त्रीमा पलाएको अनौठो रहर

आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धले निकै गहिरो गरी जोडिएका लुम्बिनी र राप्तीका पहाडी जिल्लालाई तराईसँग अलग गरेर चार नम्बर प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेपछि आन्दोलनमा रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भाँजो हाल्न थालेका छन् । खाँणकै निर्देशनमा कांग्रेस रूपन्देहीले एमालेद्वारा सञ्चालित आन्दोलन भन्दै सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ । १७ गतेको प्रदेशस्तरीय सर्वदलीय भेलामा रक्षामन्त्रीका भाइ एवं रूपन्देही कांग्रेस सच…